नियम ५३
फैसलाको सामान्य त्रुटि सच्याउने
: नियम ५२ मा जुनसुकै कुरा लेखिएको भए: तापनि फैसला वा आदेशमा टाइपको त्रुटिबाट अङ्क वा अक्षरमा त्रुटि भएमा सच्याई पाउँ भनी मुद्दाका पक्ष वा निजको वारेस वा सम्बन्धित कर्मचारीले निवेदन दिन सक्नेछ। त्यस्तो निवेदन सुरु फैसला गर्ने इजलासमा पेश गरी इजलासलाई त्रुटि सच्याउनु पर्ने लागेमा छुट्टै आदेश गर्न सक्नेछ। यसरी त्रुटि सच्याउने गरी भएको आदेशलाई फैसलाको अभिन्न अङ्ग मानी मिसिल सामेल राखिनेछ।
तर यसरी त्रुटि सच्याउने आदेश गर्दा निर्णयको व्यहोरामाँ तात्विक असर पर्ने गरी गर्न सकिने छैन।